सन्तोषकुमार गुप्ता
दाङ ९ साउन
लैंङ्गिक हिंसा सम्बोधनमा राजनैतिक हस्तक्षेप तथा प्रहरी प्रशासनको उदासिनता मुख्य चुनौति रहेको भन्दै गढवा गा.विसका महिला अधिकारकर्मीहरु जिल्ला प्रहरीकार्यालय दाङमा ज्ञापनपत्र बुझाउने भएका छन् ।गढवा गा.वि.समा शनिवार बसेको अधिकारकर्मीहरुको बैठकले यहि श्रावण १३ गते जिल्ला प्रहरी प्रमुख लाई ज्ञापनपत्र बुझाउने अधिकारकर्मी रेखा थापाले जानकारी दिनुभयो ।

i गढवा गा.विसमा बुहविवाहका मुद्धाहरु धेरै रहेको र धेरै केसहरु राजनैतिक दवावमै गैरकानुनीरुपमा मिलाउनेगरिएको भन्दै पुरुष समूहका अध्यक्ष पटवारी यादवले अव नागरिक दवाव जरुरीरहेको जिकिर गर्नु भयो । पिडित महिलाहरु सहित ज्ञापन पत्र बुझाउने तयारी गरिरहेको जानकारी दिंदै यादवले यसका लागि अधिकारकर्मी रेखा थापाको संयोजकत्वमा सात सदस्यियसमिति समेत गठन गरिएको जानकारी दिनुभयो जस्को सह संयोजकमा पटवारी यादव सदस्यहरुमा ओभा पाठक, सुसिला सिँह ठकुरी, नन्दकला आचार्य,रुमा अर्याल र सविना खातुन रहेको संयोजक रेखा थापाले जानकारी दिनुभयो ।

अधिकारकर्मी सुसिला सिंह ठकुरीको सभाअध्यक्षता एवं अधिकारकर्मी रेखा थापाको प्रमुख आतिथ्यतथा गढवा गा.वि.स प्रतिनिधि राम नरेश यादवको विसिस्ठ आतिथ्यमा सम्पन्न प्रशिक्षणात्मक बैठकको सहजिकरण सीसा नेपालका कार्यक्रम संयोजक बिष्णुकुमार देवकोटाले गर्नुभएको थियो ।