अभिषेक बोहरा / दाङ – प्रदेशस्तरीय घरेलु उद्योग तथा कृषि प्रदर्शनीमा फाल्गुन ८ गते आउने कलाकारहरु महानायक राजेश हमाल , दंगाली माटोले जन्माएकी गायिका टिका सानु , लोकप्रिय बाल गायक सुप्रीम मल्ल ,आरुषी मगर लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएका छन्।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रमहरु सुरु भएका हुन् ।
“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीको पाँचौ दिन गायीक ज्योति मगर र गायक पुस्कल शर्मासँगै दर्शकहरु झुमेका छन् । गायीका ज्योति मगरले आफ्ना चर्चीत गीतहरु प्रस्तुत गर्नुभएको थियो । उहाँले आफ्ना चर्चीत गीतहरु ‘जिम्मल बाउकी छोरी, उही मुलाको सिन्की उही मुलाको चाना, खोलीभित्र पानी चोलीभित्र जवानी, पिरतिमा दम छ, सुर्खेत बुलबुले ताल, जाले रुमाल सोल्टीलाई बैना भो, सोल्टी मुसुक्क’ लगायतका चर्चीत गीतहरु प्रस्तुत गर्नुभएको थियो ।

यस्तै गायक पुस्कल शर्माले ‘म जिउन सक्दैन मुटु जलाई जलाई, भन निरमाया आउछौ आउदैनौँ, फाट्यो रुमिाल धुँदा’ लगायतका गीतहरु प्रस्तुत गर्नुभएको थियो । प्रदर्शनीको पाँचौ दिन विपिन घिमीरे, मोडल टीका जैसी, श्रृजना मगर, लक्ष्मीमान चौधरी लगायतकाृ प्रस्तुति रहेको थियो ।

पाँचौ दिन १० हजार बढि दर्शकहरुले प्रदर्शनीको अवलोकन गरेको आयोजक मूल समितिका संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।










