अभिषेक बोहरा /घोराही । रमना पाठशालाको  २ औं वार्षिकोत्सव  विद्यालय सञ्चालक समितिका कार्यवाहक अध्यक्ष बल बहादुर बुढ़ा अध्यक्षता प्याब्सन दाङका अध्यक्ष मदुसुदन के सी प्रमुख आतिथ्यमा सम्पन्न भयो । साताव्यापी विविध खेलकुद र अतिरिक्ति क्रियाकलाप गरेको विद्यालयले  आइतबार भव्य समारोहकाबीच विद्यालयको वार्षिकोत्सव मनाएको हो ।

पाठशालामा विज्ञान तथा कला प्रदर्शनी गरिएको थियो । रमना पाठशालाको दोर्सो वार्षिकोत्सव समारोहमा  कार्यक्रम संचालन सोही स्कूलकी शिक्षिका सरमिला हमालले र  शिक्षक  नोहीत बम रसाइलीले गर्नुभएको थियो ।

विशिष्ट अतिथिहरुले विद्यालयले शैक्षिक क्षेत्रमा गरेको उल्लेखनीय प्रगतिकौ चर्चा गर्दै आगामी दिनमा विद्यालयकौ अझ अब्बल बन्दै आफ्नो विशिष्ट पहिचान कायम राखोस् भन्ने शुभेच्छा व्यक्त गरैका थिए ।कार्यक्रममा अभिभावक, समाजसेवी, चन्दादाता, छात्रवृति कोष संस्थापक, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व शिक्षक, कर्मचारी,  पत्रकारलगायतको उपस्थिति रहेको थियो । छिमेकी विद्यालयका प्रधानाध्यापक हरूको पनि उपस्थिति रहेको थियो ।

विद्यालयका शिक्षक बिमल बुढ़ा को स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्याब्सन दाङका अध्यक्ष मदुसुदन के सी , , सञ्चालक समितिका कृष्णदेव थापा, अभिभावक लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।