अभिषेक बोहरा / दाङ –  प्रदेशस्तरीय घरेलु उद्योग तथा कृषि प्रदर्शनीमा फाल्गुन ५ गते आउने कलाकारहरु शान्तिश्री परियार , चन्द्र शर्मा ,रोशन रत्गैन्य लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएका छन्।

महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ६०  रुपैयाँ टिकटदर कायम गरिएको छ ।

“साना तथा घरेलु उद्योगको विकास र विस्तार, लुम्बीनी प्रदेशको समृद्धिको आधार, स्थानीय उत्पादन प्रयोग गरौँ, देशलाई आत्मनिर्भर गराऔँ” भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा दोस्रो दिनबाट सांस्कृतिक कार्यक्रमहरु सुरु भएका हुन् । महोत्सवको दोस्रो दिन चर्चीत कलाकारहरुले आफ्नो प्रस्तुति राखेका थिए ।

महोत्सवको दोस्रो दिन चर्चीत गायक टंक तिमल्सीना, गायीका भूमीका गिरी, गायक प्रकाश पराजुली, शालिकराम चौधरी, कोष खड्का, शान्तराम सेञ्चुरी लगायतले प्रस्तुति राख्नुभएको थियो ।