अभिषेक बोहरा / दाङ – प्रदेशस्तरीय घरेलु उद्योग तथा कृषि प्रदर्शनी महाेत्सवको आज राष्ट्रिय कलाकार नेपालका चर्चित गायिका भुमिका गिरि, टंक तिमिल्सिना , गायक प्रकाश पराजुली लगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन्।
महोत्सव अवधीभर अपाङगता भएका र जेष्ठ नागरिकहरुलाई परिचय पत्रका आधारमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको आयोजकले जानकारी दिएको छ । त्यस्तै सर्वसाधारणका लागि रु. १ सय तथा विद्यार्थीको हकमा रु ६० रुपैयाँ टिकटदर कायम गरिएको छ ।











