अभिषेक बोहरा ,घोराही / प्रदेशस्तरीय घरेलु उद्योग तथा कृषि प्रदर्शनीमा महोत्सवको  आज राष्ट्रिय कलाकार नेपालका चर्चित गायिका भुमिका गिरि, टंक तिमिल्सिना , गायक प्रकाश पराजुली लगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन्।

राष्ट्रिय कलाकार सँगै स्थानिय कलाकारहरुको पनि प्रस्तुति रहने नेपाल घरेलु तथा सानाउद्योग महासंघ दाङका अध्यक्ष तथा मूल आयोजक समितिको संयोजक प्रदीप मजगैयाँले जानकारी दिनुभयो ।

दर्शनीमा करिब ३ सयको हाराहारीमा स्टलहरु रहने छन । जस्मा लघु, घरेलु कृषि एवं महिला उद्यमशिलता, पर्यटन, औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, क्षेत्रका स्टलहरु रहने छन् र प्रदेशभरिका महासंघआबद्ध एक सय स्टल निःशुल्क हुने पनि आयोजकले जनाएको छ ।