दाङ, २७ माघ । दाङमा बस र जिप आपसमा ठोक्किदा १४ जना घाइते भएका छन् ।

सल्यानको कालिमाटीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ ज ११७१ नम्बरको जिप र विपरित दिशातर्फबाट गइरहेको ना ४ ख ६१५९ नम्बरको बस एक आपसमा ठोक्दिा १४ जना घाइते भएका हुन् ।

घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । आपसमा ठोक्किने दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो घटना आज विहान दाङको बबई गाउँपालिका २ विसौनीडाँडामा भएको हो ।