काठमाडौं । महँगीका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी विप्लवले फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ।
पार्टीको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै बुधवार पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्माले उक्त जानकारी दिए। बैठकबाट पार्टीले दलाल पुँजीवादी सत्ताको विकल्प वैकल्पिक समाजवादी सत्ता भन्ने राजनीतिक नारालाई मुख्य बनाउने निर्णय गरेको छ ।
प्रवक्ता खड्गबहादुर विश्वकर्माले आगामी दिनमा राष्ट्रिय स्वाधीनता, जनताका राजनीतिक एवं आर्थिक अधिकार र जनजीविकाका क्षेत्रमा संघर्ष गर्ने निर्णय गरेको बताए।











