दाङ, ९ साउन
समाजमा हुने बिकृतिको अन्त्य गर्ने उद्देश्यले त्रिपुर ८ मा अभियान युवा क्लव गठन गरिएको छ । त्रिपुर ८ खुमकोट र चाचिला टोलको युवाहरुको संयुक्त पहलमा गठन गरिएको अभियान कल्वको उदेश्य टोलमा सरसफाई सम्बन्धिका बिभिन्न जानकारी गराउने, समाजका बिकृतिहरुलाई न्युनिकरण गर्ने, अशिक्षित बर्गलाई शिक्षित गराउने, टोलको समस्या टोलमै सुल्झाउने लगाएतका रहेको छ ।
सामाजिक कार्यमा सहयोग पु¥याउने उद्देश्यले यहि साउन १ गते ११ सदस्यिय अभियान युवा क्लव गठन गरिएको क्लवका संयोजक बिजय रोकाले जानकारी दिनुभयो । यसैक्रममा कल्वले खुमकोट चाचिलामा रुखबाट झुडडाईएको पानिको पाईपलाईनलाई जमिनमुनि बिस्तार गरेको रोकाले बताउनुभयो ।
कल्वको हरेक हप्ताको शुक्रबार नियमित बैठक बसि सनिबार टोलमा बिभिन्न काम गर्ने निर्णय भएको छ । यस्तै आगामि सनिबार क्लवले खुमकोट चाचिला टोलमा रहेका हरेक घरमा गएर सरसफाई सम्बन्धि जनचेतना दिने कार्ययोजना भएको जनाएको छ ।
घर–घरमा सरसफाई सम्बन्धि जानकारी दिने र प्रत्येक घरबाट फोहोर संकलन गरेर बिर्सजन गर्ने योजना भएको कल्वका अध्यक्ष दिपर्क घर्तिले बताउनुभयो । क्लवले थालेको यो अभियानमा टोलका सम्पुर्णले आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कल्वका संयोजक बिजय रोकाको अध्यक्षता तथा सल्लाहाकार रुद्रमणि बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।।
