घोराही, १७ माघ । दाङको घोराहीमा औद्योगिक क्षेत्र निर्माण गर्न जग्गा नापजाँचको काम सुरु भएको छ । नेपाल सरकारले २०७७ माघ ११ गते औद्योगिक क्षेत्र घोषणा गरेको घोराही उपमहानगरपालिका–३ र ५ अन्तर्गतको केही क्षेत्रमा औद्योगिक क्षेत्रका लागि घोषणा गरेको थियो । सो क्षेत्रमा पर्ने जग्गा नापजाँचको काम सुरु भएको हो ।
सरकारले तीन वर्षअघि घोषणा गरेको औद्योगिक क्षेत्रलाई कार्यान्वयनका लागि जग्गा नापीको काम सुरु भएको दाङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्कसिंह बुढाथोकीले जानकारी दिएका छन्
सुरुमा करौँतीडाँडामा ८६ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउन पहल थालिएको थियो तर उक्त क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना स्थापनका लागि जग्गा कम हुने भएपछि घोराही उपमहानगरपालिका–३ र ५ को खुला क्षेत्रलाई समेटेर औद्योगिक क्षेत्र निर्माणको प्रक्रियालाई अगाडि बढाइएको छ । सरकारले औद्योगिक क्षेत्र भनेर घोषण गरेको करीव ५४९ विगाह क्षेत्रमा साना, मझौला उद्योग स्थापना गरिनेछ। ‘ठूलोस्तरका उद्योग नभएर साना तथा मझौला उद्योग स्थापना गर्न सकिने छ ।











