काठमाडौं, १६ माघ । राहदानी विभागले सेवा सहज बनाउन भन्दै एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि-इनरोलमेन्टको व्यवस्था गरेको छ ।
विभागका अनुसार आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि-इनरोलमेन्ट हुनेछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि-इनरोलमेन्टको व्यवस्था रहेकोमा अब एक महिनाको गर्न लागिएको विभागले जनाएको छ ।
दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो । यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ ।
