काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पछिल्लो राजनीतिक घटनाक्रम र सरकारका गतिविधिबारे छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ भएको भेटका क्रममा पछिल्लो राजनीतिक घटनाक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
भेटका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का अध्यक्ष रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउने कि नबनाउने भन्ने विषयमा पनि छलफल भएको थियो।

नागरिकता विवादमा सर्वोच्च अदालतले शुक्रबार लामिछानेको मन्त्री र सांसद पद बदर गरिदिएको थियो। लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसक्नुभएको छ। फैसलाबाट पदमुक्त हुनुभएका लामिछानेले सोही दिन राजीनामा बुझाउनुएको थियो।

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानमन्त्री एवं गृहमन्त्री भएका थियो।