राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ ।

हिजो बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।
महामन्त्री तथा प्रवक्ता मुकुल ढकालका अनुसार केन्द्रीय समितिको निर्णय संसदीय दलको आगामी बैठकले अनुमोदन गर्नेछ ।