सरकारको नेतृत्व गरिरहेको माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले राष्ट्रपति साझा संवैधानिक पद भएकाले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूबीच राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको हो ।
स्थायी समितिको अर्को बैठक १६ माघमा बस्ने निर्णय भएको छ ।










