काठमाडौं, ११ माघ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा आज पनि वर्षा र हिमपात भइरहेको छ ।

पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण अस्ति रातिदेखि यी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको हो । यो प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेकाले आज गण्डकी प्रदेशमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

वर्षा भइरहेका ठाउँमध्ये बाजुरामा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा १६ मिलिमिटर वर्षा भएको मापन गरिएको छ । मौसमविद् श्रेष्ठका अनुसार अन्य प्रदेशमा भने पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव पर्ने देखिएको छैन । यो प्रणाली आज बेलुकादेखि नै कमजोर बन्ने सम्भावना छ ।