सुर्खेतमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । छिन्चुदेखि सुर्खेततर्फ आउँदै गरेको बा.प्र. ०१०२६ च ९२१३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

आइतबार विहान २ :३० बजे अनियन्त्रित भई सडकदेखि ७०/८० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि सुर्खेत वीरेन्द्रनगरका २७ बर्षिय सागर शाही, दैलेख डुङ्गेश्वर गाउँपालिका–५ बस्ने वर्ष ३३ का दिपेन्द्रजंग शाही, दैलेख भगवतीमाई गाउँपालिका–५ बस्ने वर्ष ३१ को बविन शाही, दैलेख गराँस गाउँपालिका–३ बस्ने वर्ष ३६ को राजेन्द्र विसीको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

दैलेख भैरवी गाउँपालिका– ५ बस्ने अन्दाजी २५/२६ वर्षीय वीरेन्द्रराज शाहीको छातीमा चोट लागेको हुँदा उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।