सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना बहुमतले निर्वाचित भएकी छन्।

इन्दिरा राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन्

नेपालको संविधानले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने र दुई पदमा फरक फरक दलका व्यक्तिहरू हुनुपर्ने व्यवस्था गरेको छ।

सभामुखमा माघ ५ गते नै नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन्।