दाङ, ५ माघ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन्।

सत्ता गठबन्धनका तर्फबाट मुख्यमन्त्री नियुक्त भभएका गिरीको पक्षमा ५७ जना प्रदेशसभा सदस्यले मतदान गरेका थिए । उनको विपक्षमा २८ मत खसेको थियो । ८७ सदस्यीय रहेको प्रदेश सभामा बिहीबारको बैठकमा ८६ जना सांसद उपस्थित थिए।

मुख्यमन्त्री गिरीलाई एमालेका २९, माओवादी केन्द्रका ८, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा, लोसपा र जनमतका ३/३, नेकपा एकीकृत समाववादीका १ र दुई जना स्वतन्त्र सांसदहरूको सहित ५७ जनाले पक्षमा मतदान गरेको संसद सचिवालयले जनाएको छ।