काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवालले तिपक्ष दल तोक्न सदनको ध्यानाकर्षण गराएका छन् । उनले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल भन्न नमिल्ने बताए ।
प्रतिनिधि सभामा बोल्दै सांसद् सुवालले कांग्रेसलाई प्रमुख प्रतिपक्षी दल मान्ने आधारनै नरहेको बताए ।
‘प्रतिपक्ष दल तोक्न सदनको ध्यानाकर्षण गराउँछु । प्रधानमन्त्रीमा विश्वासको मत दिने दलमध्ये नेमकिपा पहिलो दल हो ।’कानुनविद्,राजनीतिज्ञहरुले पनि कांग्रेसलाई प्रतिपक्ष दल मान्न नसकिले बताएको उल्लेख गरे ।











