दाङ, ५ माघ । सत्ता गठबन्धनका तर्फबाट पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज विश्वासको मत लिने भएका छन्। बिहीबार दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिन लागेका हुन्।

लुम्बिनी प्रदेशका नेकपा एमालेका संसदीय दल नेता गिरीलाई सत्ता गठबन्धनका ५८ जना सांसदको समर्थन छ । गिरी मुख्यमन्त्री नियुक्त हुँदा एमालेका २९, माओवादीका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका चार/चार, जसपा, लोसपा र जनमत पार्टीका तीन/तीन जना र २ स्वतन्त्र सांसदले गिरीलाई समर्थन गरेका थिए।

लुम्बिनीमा ८७ जना सांसद छन्। बहुमतका लागि ४४ जना चाहिन्छ। यहाँ नेपाली कांग्रेसका २७, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक(एक जना सांसद छन्।