पोखरा, ३ माघ । पोखरामा भएको यती एअरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरुको शव आफन्तलाई बुझाउन शुरु गरिएको छ । हिजो बेलुकी पोखरा महानगरपालिका १३ का सदाकत अलि मियाँको शव परिवारले बुझेसँगै शव बुझाउने काम सुरु भएको हो ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा हिजो बेलुकीदेखि शव परीक्षण सुरु गरेर बुझाउन थालेको अस्पताल प्रशासनले जनाएको छ । दुर्घटनामा अहिलेसम्म फेला परेका ७० जनाको शवमध्ये २४ जनाको शवको पोखरामै परीक्षण गरी आफन्तलाई बुझाउने तयारी छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शव परीक्षणका लागि काठमाण्डौदेखि आएका फरेन्सिक विज्ञसहितको टोली खटिएको छ । आइतवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान सेती नदी खोंचमा दुर्घटनाग्रस्त भएको थियो ।