घोराही ।  दाङमा आज बिहानै भएको माेटरसाइकल दुर्घटनामा २ युवककाे मृत्यु भएको छ ।
घाेराहीको सर्रा साैडियार सडक खण्डमा आफैं चलाएको रा ५ प ९५१४ नम्बरको माेटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हाे ।

गम्भीर घाइते अस्पतालमा पुराएकाेमा घाेराही १६ का २१ वर्षका सुशील चाैधरी र साेहि ठाउँका १८ वर्षका विवेक चाैधरीकाे अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी राजन गाैतमले जनाएका छन् । May be an image of text