ज्येष्ठ नागरिकलाई खुसी दिन तुलसीपुर उपमहानगरपालिकाले अभियान चलाएको छ । धेरै ज्येष्ठ नागरिक आर्थिक अभावकै कारण न्यानो कपडा किन्न सक्ने अवस्थामा नभएको जनाउँदै न्यानो कपडा वितरण गरेको छ ।
उपमहानगरपालिकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । तुलसीपुर उपमहानगरपालिकाकाले दुई सय ८५ ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो । उपमहानगरपालिकाका १९ वडाका ज्येष्ठ नागरिकलाई बलाङ्केट सहयोग गरिएको उपप्रमुख स्यानी चौधरीले बताइन्।
अतिविपन्न, गरिब, न्यानो कपडा किन्न नसक्नेलाई लक्षित गरी प्रत्येक वडाबाट १५ जनालाई वितरण गरिएको उपप्रमुख चौधरीको भनाइ छ ।
अहिले बजेट न्यून भएकाले प्रत्येक वडाबाट १५ जनालाई मात्रै वितरण गरिएको भए पनि अर्को पटक यसलाई बढाउने लक्ष्य रहेको समेत उनले बताइन् । सबै वडा–वडामा पुगेर न्यानो कपडा वितरण गरिएको हो ।
साथै आगामी वर्षदेखि ज्येष्ठ नागरिकको घर–घरमै गएर स्वास्थ्य जाँच गर्ने व्यवस्थासमेत मिलाउने बताइन् ।











