काठमाडौँ । एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा घनश्याम भुसाल मनोनीत भएका छन् । नेकपा एमाले छाडेर एकीकृत समाजवादीमा प्रवेश गरेका भुसाल केन्द्रीय सचिवालय सदस्यमा मनोनीत भएका हुन् ।
शनिबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले भुसाललाई सचिवालय सदस्यमा मनोनीत गरेको महासचिव डा. बेमुराद भुसालले बताए ।












