घोराही । माउन्टभ्यू इङ्लिश बोर्डिङ स्कुल घोराही–१८ को ३९ औं वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ ।विद्यालय सञ्चालक समितिका अध्यक्ष रमेश लम्सालको अध्यक्षता एवं घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा लामो समय विभिन्न पदमा रहेर सेवा गरी निवृत्त हुनुभएका पूर्वप्रिन्सिपल मस्तबहादुर श्रेष्ठलाई सम्मान गरिएको थियो ।

उहाँसँगै विद्यालयका विभिन्न क्षेत्रमा उत्कृष्ट हुने विद्यार्थीलाई पनि सम्मान गरियो । गत शैक्षिक सत्रका उत्कृष्ट नतिजा ल्याउनेहरु पनि पुरस्कृत भएका थिए । अभिभावक र विद्यार्थीले विद्यालय प्रांगण भरी भराउ थियो । मञ्चमा निकै रोचक नाचहरु प्रदर्शन गरिएका थिए ।

 

मञ्चमा नृत्य शुरु हुँदा कार्यक्रममा सहभागी धेरै नाचिरहेका देखिन्थे । विद्यालयको सेवाले आफू अत्यन्तै खुशी रहेको विद्यार्थीले प्रतिक्रिया दिए । सरसफाइ, रक्तदान, विज्ञान तथा कला प्रदर्शनीलगायत विविध क्रियाकलाप गराएर गुणस्तरीय शिक्षा दिएको बताए ।

No description available.

हरेक वर्ष प्रशस्त विद्यार्थीका साथ रमाइलो वातावरणमा पढ्न पाएको उनीहरुको भनाइ थियो । विद्यालयका एमडी अरुणकुमार शर्माकोे स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रिन्सिपल कृष्णप्रसाद पोख्रेलले विद्यालयको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण शिक्षकहरु धनीराम न्यौपाने र तीर्थराज चौधरीले गर्नुभएको थियो ।

No description available.