पोखरा, २९ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् ।

आज शुक्रवार बसेको गण्डकी प्रदेश सभाको बैठकमा मुख्यमन्त्री अधिकारीले संविधानको धारा १६८ को उपधारा ४ अनुसार विश्वासको मत मागेका थिए । मतदानमा अधिकारीको पक्षमा ३१ मत खस्यो भने विपक्षमा २७ मत खसेको थियो । ६० सदस्यीय प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ अनुपस्थित रहाँदा सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्याल सभामुखको भूमिकामा थिए

एक स्वतन्त्रसहित माओवादी केन्द्र, राप्रपा र एमालेका ३३ सांसदको समर्थनमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एमालेका अधिकारीलाई गएको पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।