काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भेटवार्ता भएको छ ।
आज साँझ करिब साडे ६ बजे बालकोटस्थित ओली निवास पुग्नु भएका प्रधानमन्त्री दाहाल र ओलीबीच करिब डेढ घण्टासम्म मन्त्रीपरिषद् विस्तारबारे भेटवार्तामा छलफल भएको थियो । राति ८ बजे प्रधानमन्त्री दाहाल बालकोटबाट बालुवाटार फर्किनु भएको छ ।











