अभिषेक बोहरा /दाङ : दाङको घोराही-१३ सेवारमा रहेको बाह्रकुने दह चिटिक्क सिँगारियकों छ ।  माघी सङ्क्रान्तिको दिन यहाँ ठूलो  मेला लाग्ने गर्दछ। पछिल्लो समय यो दह अवलोकन गर्ने र डुंगा चढेर मनोरञ्जन लिने पर्यटकको संख्या बढ्दो छ

May be an image of 2 people and outdoors

बाह्रकुने दहमा लाग्ने मेला दाङ लगायत छिमिके जिल्लाहरूबाट समेत भक्तजन आउने गर्दछन् । बाह्रकुने दहमा बर माग्नका लागि भक्तजन जाने परम्परा समेत रहेको छ । यहाँ अन्य समयमा भन्दा माघे संक्रान्तिमा निकै भीडभाड हुने गर्दछ । त्यहा अहिले सरसफाइ देखि लिएर मन्दिर सिङ्गारिएर आकर्षक पारिएको छ । यो ठाउँमा पुस मसान्त देखि माघ १ गते दिनभर मेला लाग्ने गर्दछ ।

May be an image of tree, body of water and nature

यो दहमा कुनै कालखण्डमा दह वरपर गाईवस्तु चराउने घना जंगल रहेको थियो । सल्यान र रोल्पाबाट किसानहरु हिउँदको समयमा आफ्ना गाईवस्तुहरु लिएर बाह्रकुने वरपरको जंगलमा गोठ राख्ने गरेको वुढापाकाहरु बताउँछन् । सोहीक्रममा बाह्रकुने दह वरपर गोठ ल्याउने ती गोठालाहरु १२ भाई रहेछन् । बुढापाकाका अनुसार एकदिन राति जेठो गोठालाले सपना देखेछन्, त्यो सपनामा सेतै फुलेका वृद्व आफ्नो अगाडि उभिएर गोठालालाई भनेछन् ‘यो स्थान देवताको वासस्थान हो, यहाँ गोठ नराख, यो ठाउँ जलाशय बन्दैछ ।’ जेठो गोठालाले बिहान सपनाको कुरा सबै भाइहरुलाई सुनाएछन् सपनाको कुराले ११ जनाले गोठ सारेछन् ।

तर सपना देख्नेले सपनालाई विश्वास नगरी गोठलाई सार्ने काम गरेनछन् । पुस मसान्तको दिन विनासकारी असिना र पानी आएछ । विनासकारी पानीले गोठ वरपर जलमग्न भएकै कारण बाह्रकुने विशाल दहको रुप भएछ । बाह्रकुने दह वरपर क्षेत्रमा सुरुदेखि नै मगर जातिको बसोबास स्थल रहेको थियो । मगर जातिहरुले बराह देवतालाई कुल देवता मान्ने हुँदा बाह्रकुने दहमा बराह छन्, भन्ने मान्यताले मगर जाति नै पुजारी भएर पूजा चलाउँदै आएको पाइन्छ ।बाह्रकुने दहको क्षेत्रफल ७ विगाह ७ कठ्ठामा फैलिएको छ ।
सबैको धर्म, संस्कार वा संस्कृती जान्न र बुझ्नको लागि बाह्रकुने दह तीर्थाटन पर्यटनको लागि गन्तब्य बनेको छ । बाह्रकुने दहको संरक्षण, सम्वद्र्धन तथा प्रवद्र्धन गर्नुपर्दछ । यसलाई प्याकेजको रुपमा विकास गर्नुपर्ने आवश्यकता देखिएको छ । बाह्रकुने दह विकासको लागि अब उपमहानगरपालिका, निजी क्षेत्र र पर्यटन व्यवसायीहरुले ध्यान दिनु पर्दछ । बाह्रकुने दह वि.संं १९९० साल भन्दा अगाडि घना जंगलको बीचमा १२ वटा प्राकृतिक कुना बनेको सुन्दर दह थियो । ती बाह्रकुनाहरु अहिले पनि देख्न सकिन्छ ।

May be an image of outdoors

कुनैबेला बाह्रकुने दहको मेलामा जुम्ला, रोल्पा, सल्यान र रुकुमलगायत छिमेकी जिल्लाका तीर्थाटनका पर्यटकहरुको गन्तब्य थियो । त्यो समयमा बाह्रकुने दहमा पहाडी जिल्लामा उत्पादन भएका राडी, पाखी फलफुलसमेत बाह्रकुने मेलामा बिक्रीको लागि ल्याउने गरिन्थो । झ्याउरे, कौडा नृत्य, टप्पा नाँच, भजनकीर्तनको ध्वनीले, रातभरी बाह्रकुने दह वरपर तीर्थाटन पर्यटनको भिड र बिहान दहमा स्नान गर्ने त्यो पुरानो प्रचलन अहिले हराउँदै गएको छ ।

बाह्रकुने दहका पुराना कुराहरु अहिले कथाजस्तै भएका छैनन् । त्यसबेला दहको बजार हेर्न रोजगारीको लागि भारततिर गएका मानिसहरु पनि माघे सक्रान्तीको समय मिलाएर गाउँमा आउने गर्द थिए । कोइलावास र भारतको बलरामपुर, तुलसीपुरदेखिका व्यापारी सामान बिक्री गर्नको लागि माघे सक्रान्तिको मेलामा दहमा आउने गर्द थिए । पौष मसान्तको रातभर केटाकेटीहरुको गीतले बाह्रकुने दह गुञ्जिरहन्थ्यो ।

May be an image of body of water

पहाडी जिल्लाका टप्पा, मयुर नाच, मारुनी नाच र झ्याउरे गीतले मेला हेर्न गएका सबैलाई रात बिताएको थाहा नै हुने थिएन । तर अहिले पुरानो प्रचलन सबै हराएको त भन्न मिल्दैन । तर पनि बाह्रकुने दहको पुरानो मेलाको शैली भने बदलिएको छ । तीर्थाटनका पर्यटकहरुको संख्या भने बढ्दै गएको छ ।

May be an image of 10 people, people standing and outdoors