काठमाडौँ । भ्रष्टाचारमा सांसदहरु नै जोडिएको स्वतन्त्र सांसद योगेन्द्र मण्डलले बताएका छन् । सांसद मण्डलले भ्रष्टाचारको विभिन्न रुपबारे संसदमा बोल्ने क्रममा यस्तो बताएका हुन् । उनले तल्लो तहमा हुने भ्रष्टाचार भन्दै नीतिगत भ्रष्टाचारले मुलुकलाई धेरै क्षति पुर्याएको बताए ।

उनले भने ‘आज टाइमको अभावले पछि मन्त्रीज्युहरुले चाहनु भयो भन्देखि भ्रष्टाचार कसरी हुँदोरहेछ मलाई धेरै कुरा थाहा छ । किनभने म भ्रष्टाचारसँग जोडिएको छु ।’

उनले यसो भनेपछि संसदमा रहेका सबै सांसद हाँसेका थिए । त्यसपछि उनी आफैँ हाँस्दै भने– ‘भ्रष्टाचारसँग जोडिएको भन्नाले म एउटा ट्रेडिङ कम्पनी चलाउँथेँ । त्यतिबेला ठूला पदलमा बस्नेले कसरी नीतिगत भ्रष्टाचार गर्छन् भन्ने थाहा पाएको थिएँ ।’