काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीको विषयलाई आफूले संवेदनशिल रुपमा लिएको बताएका छन्।

संसद्‍मा सम्बोधन गर्दै दाहालले चौधरीमाथि अन्याय भएको जिकिर गरे। चौधरीलगायत अन्य अन्यायमा रहेका बन्दीलाई ऐन निर्माण गरेर जेल जीवनबाट मुक्त गर्ने प्रधानमन्त्री दाहालले स्पष्ट पारे।

मंगलबार संसद्‍मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले झुठ्ठा मुद्दाका कारण जेलमा रहेका रेशम चौधरीसहितका राजबन्दी रिहा गर्ने काम नभएले आफूहरू प्रतिपक्षमा रहने बताएकी थिइन्।

श्रेष्ठको कुरालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रेष्ठको उठाएको विषयमाथि आफू गम्भिर भएर लाग्ने बताए।