तुलसीपुर । घोराही उपमहानगरपालिकाले सो कार्यक्रमका राप्ती आँखा अस्पताललाई सिलिडल्याप अर्थात आँखा जाँच गर्ने मेसिन सहयोग गरेको छ । घोराही उपमहानगरपालिकाका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहितको टोलीले उक्त सिलिडल्याप अस्पताललाई हस्तान्तरण गरेका हुन् । गत आर्थिक वर्षको बजेट करिव ५ लाख बराबरको सो आँखा जाँच गर्ने मेसिन सहयोग गरिएको उपमहानगरपालिकाले जनाएको छ ।
आँखा अस्पताललाई भौतिक साधन स्रोत युक्त बनाउन तथा आँखा बिरामीहरूलाई सहजताको लागि मेसिन दिएको हो । त्यस्तै यस आर्थिक वर्षमा पनि उपमहानगरपालिकाले मेसिन औजार खरिदका लागि रु ६ लाख बराबरको बजेट छुट्टाएको जनाएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख नरुलाल चौधरीले निःशुल्क र सर्वसुलभ स्वास्थ्य सेवा पाउने सबै नागरिकको अधिकार भएको भन्दै आफूहरूले विगत ५ वर्ष पहिले देखि सैघाबाट निःशुल्क आँखा उपचार सेवाका लागि विभिन्न शिविर र त्यहाँ भेटिएका मोतियाबिन्दुका बिरामीहरूलाई निःशुल्क शल्यक्रिया सेवा दिएको बताउनुभयो ।
उहाँले नीतिगत रूपमै आफूहरूले मोतियाबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया गर्ने निर्णय गरेको भन्दै अव कोहि पनि पैसाकै अभावका कारण उपचार नपाए अन्धोपनमा जीवन बिताउन नपर्ने बताउनुभयो
विगत ५ वर्ष देखि उज्यालो अभियान अन्तर्गत घोराही उपमहानगरपालिका र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालसँग सम्झौता गरि मोतियाबिन्दुको निःशुल्क आँखा शल्यक्रिया सेवा दिएको नगरप्रमुख चौधरीले बनाउनुभयो ।
अन्धोपन न्यूनिकरण गर्ने दायित्व स्थानीय सरकारको पनि भएको भन्दै अस्पताललाई अन्य सहयोग पनि हुने भन्दै े जिल्लामा रहेको राप्ती आँखा अस्पताल र लमही आँखा अस्पतालले गुणस्तरीय सेवा दिएको र ‘यहाँ विशिष्टीकृत सबै सेवाहरू दिएको भन्दै यसलाई सवैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७५देखि हाल सम्म ४९७ जनाको निःशुल्क शल्यक्रिया गरि उज्यालो प्रर्दान गरेको बाह्य कार्यक्रम संयोजक शालिकराम गौतमले जानकारी गराउनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै नेपाल नेत्रज्योति संघ दाङका सचिव सुरेन्द्रबहादुर खड्काले संघ अन्तर्गत सञ्चालित अस्पतालहरुले हुनेसँग लिने र नहुनेलाई आँखा उपचार सेवा दिने उद्देश्य सहित स्थानीय सरकारसँग साझेदारी गरि अन्धोपन न्यूनिकरण गर्न उज्यालो अभियान सञ्चालन गरेको भन्दै यस अभियान अहिले राष्ट्रिय करण भएको बताउनुभयो ।
उहाँले स्थानीय सरकार प्रदेश सरकार संग आफुहरुले विभिन्न साझेदारी कार्यक्रम गरेको र घोराही , तुलसीपुर र अन्य दाङ लगायत छिमेकी जिल्ला कपिलवस्तुका स्थानीय निकायहरूले समेत अन्धोपन न्यूनिकरणका लागि साझेदारी र सहयोग गरेको बताउनुभयो । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान उपप्रमुख माया शर्माले राप्ती आँखा अस्पतालले दिदै आएको सेवा उत्कृष्ट भएको भन्दै आफूहरूको साथ र सहयोग सँधै रहने बताउनुभयो ।
कार्यक्रममा राप्ती आँखा अस्पतालका प्रशासक किरण पौडेलले नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम र राप्ती आँखा अस्पतालको बारेमा जानकारी सहित स्वागत गर्नुभएको थियो । अस्पतालका मेसु डा. सन्तोष सुवेदीको अध्यक्षता तथा नगरप्रमुख नरुलाल चौधरीको प्रमुख आतिथ्यता उपप्रमुख हुमा डिसीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा राप्ती आँखा अस्पताल प्रशासनिक समितिका संयोजक चिरञ्जीवि रिजाल, उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमीरे, एकाडेमी चिफ नेत्रविशेषज्ञ डा.सुरेश रसाइली , स्वास्थ्य महाशाखाका संहसंयोजक ठाकुर खनाललगायतको सहभागीता रहेको थियो ।तुलसीपुर खाबरबाट साभार











