हेटौंडा । माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१७ स्थित कर्रा जोडधारा खोलामा गुरौँ खोला बस्ने १८ वर्षीय अमृत तामाङको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी टेकबहादुर कार्कीका अनुसार गएराति माछा मार्नको लागि करेन्ट मिलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि स्थानीयले अस्पताल ल्याएका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।











