तुलसीपुर ८ साउन । दाङको बिजौरीमा पालन गरिएका १३ वटा अष्ट्रिज मरेका छन् । दाङ बिजौरीको बर्लिन डाँडामा पालन गरिएका बिश्वमै लोप उन्मुख मानिले अस्ट्रिज मरेपछि लाखौको क्षति भएको अस्ट्रिज प्रालि दाङका प्रबन्ध निर्देशक सिटी शर्माले जानकारी दिनुभयो । शुक्रबार रातिको अबिरल बर्षाले गर्दा फर्ममा पालिएका ९ वटा पोथी र ४ वटा भाले गरी १३ वटा प्यारेन्ट अस्ट्रिच मरेको शर्माले जानकारी दिनुभयो ।
प्यारेन्ट अस्ट्रिजबाट अण्डा उत्पादन भईरहेकाले बढि क्षति भएको उहाँको भनाई थियो । यति धेरै अस्ट्रिच मरेको यो पहिलो घटना भएको फर्मका प्राबिधिक मानबहादुर दर्लामिले बताउनुभयो । अस्ट्रिचको बिमा गरेको भएपनि बिमा भन्दा दोब्बर बढि रकम हुर्काउन लागेको प्रबन्ध निर्देशक शर्माको भनाई छ ।
शर्माले दिएको जानकारी अनुसार एउटा अस्ट्रिजको चार लाखको विमा गरेको छ तर चार बर्ष सम्म एउटा अस्ट्रिलाई हुर्काउन दानापानीको खर्च १० लाख भन्दा बढि लागेको छ । १३ वटा अस्ट्रिचबाट करिब डेढ लाख क्षति भएको शर्माले बताउनुभयो । मरेका अस्ट्रिजको बुटवलमा पाष्टमार्टम गरेपछि शनिवार गाडिएको छ । बिश्वकै लोप उन्मुख मानिएको अस्ट्रिच दाङमा बिगत ४ बर्ष देखी ६५ बिगाहा क्षेत्रफलमा पाल्न शुरु गरिएको थियो ।।
