काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसले अहिलेको सत्ता गठबन्धन फुटाउन संविधानको धारा नै भुलेर प्रधानमन्त्रीको लोभ देखाएको बताएका छन् ।

अध्यक्ष ओलीले पार्टी जनसंगठनहरुको दुई दिने कार्यशाला कार्यक्रमलाई काभ्रेको धुलिखेलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘अहिलेको गठबन्धनका कतिपय नेतालाई प्रधानमन्त्री दिउँला भनेर फकाइरहेका रहे छन् । अहिलेको सरकार संविधानको धारा ७६ (२) अनुसार बनेको छ । यो सरकारले पुस २६ मा बहुमत ल्याउन सकेन भने नयाँ सरकार निर्माण संविधानको धारा ७६ उपधारा ३ मा जान्छ।’

तर, कांग्रेसले संवैधानिक व्यवस्था भुलेर अहिले गठबन्धमा रहेका दलहरु मध्येकै कसैलाई प्रधानमन्त्रीको लोभ देखाइरहेको बताएका छन् ।‘जसले गठबन्धनका साथीहरुलाई प्रधानमन्त्रीको प्रस्ताव गरे, उनीहरुले संविधानको कुरै भुलेछन् । तपाईंले मलाई कुन धाराअन्तर्गत प्रधानमन्त्री बनाउनुहुन्छ भन्दा ए त्यो चाहिँ मिलेनछ भनेछन् ।’

अहिले सत्ता गठबन्धन फुटाउन कांग्रेसले जति बल गरेपछि सफल नहुने उनले बताए ।-मकालु खबर