काठमाडौँ, २४ पुस । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले समाजवादी शक्तिहरूबीच राजनीतिक ध्रुवीकरणको आवश्यकता रहेको भन्दै त्यस्ता दलहरूसँग सहकार्य र एकताको प्रस्तावसहितको प्रतिवेदन आफ्नो पार्टीको राजनीतिक समितिमा पेस गरेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले पार्टीको आजको राजनीतिक समितिको प्रथम पूर्ण बैठकमा यस्तो प्रतिवेदन पेस गरेका हुन् । बैठकमा लिखित प्रतिवेदन पेस गर्दै अध्यक्ष भट्टराईले अहिले चुनावमा देखिएको नयाँ प्रवृत्तिको विश्लेषणसहित यस्तै अवस्था रहे अहिलेका राजनीतिक दलहरू अझ खुम्चिने प्रक्षेपण प्रतिवेदनमा उल्लेख गरेका छन् ।

युवा पुस्ताको मनोविज्ञान नबुझे अर्को निर्वाचनसम्म विद्रोह आउन सक्ने भन्दै पुराना र ठूला दलहरुको दम्भ, घमण्ड, अधिकांश नेताहरुको अक्षमता, नैतिकता र इमानदारितामा ह्रास देखेर युवा पुस्ताभित्र जसरी वितृष्णा बढ्दै गइरहेको भट्टराईको विश्लेषण छ ।

अध्यक्ष भट्टराईले अहिलेका पार्टीहरूको रुपान्तरणदेखि अब मुलुकको परिवर्तनका लागि समाजवादीहरूबीचको ध्रुवीकरण आवश्यक पर्ने उल्लेख गरेका छन् ।

प्रतिवेदनको पूर्णपाठ हेर्नका लागि यहाँ क्लिक गर्नुहोस्

Draft-of-Political