घोराही,  साउन दाङ सहित राप्तीका बजारहरुमा ओविआई मोवाइल आएको छ । छोटो समयमै धेरै उपभोक्ताहरुले प्रयोग गर्दै आएको मोबाइलको शनिबार दाङको घोराहीमा एक औपचारीक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका उपाध्यक्ष खड्क बुढाथोकी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, नेपाल पत्रकार महासंघ दाङका सल्लाहकार सविन प्रियासन र मोडल श्रृजना न्यौपानेले नयाँ मोबाईल ओविआईको सार्वजनिक गरेका हुन् ।

13735721_1144746325588705_2553289055080203366_oओविआई मोवाइलको राप्ती अञ्चलको आधिकारिक विक्रेता वि.एन.वि. ट्रेडर्सका सञ्चालक वसन्त लामिछानेले एक महिना अघि उक्त मोबाइल नेपाल भित्रिएको जानकारी दिए । मोवाइलका एरिया सेल्स म्यानेजर शिवराज गिरीले युवापुस्ताको रुचिलाई मध्यनजर गरेर निर्माण भएको मोवाइलले नेपाली बजारमा राम्रो बजार लिदै गएको बताए । ज्योति गु्रपले ल्याएको ओविआई कम्पनीका मोवाइल भरपर्दो रहेको गिरीले जानकारी दिए ।
13735552_1144745935588744_1334118430717314534_oव्याट्री व्याकअप धेरै भएको, आवाज राम्रो भएको र फोटो तथा भिडियो खिच्न सकिने भएका कारण पनि ओविआई मोवाइल सबैको रोजाइमा परेको एरिया म्यानेजर गिरीले बताए । दुर्गा आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार आरके सितलले गरेका थिए ।