अभिषेक बोहरा । दाङ ।
दाङको घोराही बजार क्षेत्रको चोक र गल्लीका पोलमा अव्यवस्थित तारिकाले तार टाँगिएका तारका कारण जोखिमसँगै बजारको स्वरूप नै कुरूप बन्दै गएको छ । बिजुलीका प्रत्येक पोलमा टेलिफोन, इन्टरनेट, बिजुलीको तारको चाङ छ । एकैठाउँमा अव्यवस्थित तरिकाले टाँगिदा सबै खालका तार बटारिएका छन् । कैयौं बिजुलीका पोल पुराना भइसकेकाले तारको भार थाम्न नसकेर ढल्ने अवस्थामा पुगेका छन् ।
तारहरू यत्रतन्त्र लतत्रिएका छन् ।। ‘पोलमा गुजुल्टिएका तारका कारण जोखिमसँगै घोराही बजारको सुन्दरतामा समेत आँच आएको छ । बजार क्षेत्रको मुख्य चोकका पोलमा जोखिमपूर्ण अवस्थामा बिजुली, इन्टरनेट र टेलिफोनका तार भेटिन्छन्’ , व्यवस्थापनमा ध्यान नपु¥याउदा सम्भावित दुर्घटनाको जोखिम मोल्नुपर्ने निश्चित छ ।
खासगरी भुकम्प, आगलागी, हावाहुरी जस्ता प्राकृतिक विपतमा झनै जोखिम हुने देखिन्छ ।पोलमा तारहरू यसरी बटारिएका छन् कि बिजुली सट हुनेवित्तिकै सबै सखाप हुने स्थिति छ’ विद्युत् प्राधिकरणका कर्मचारीलाई पनि कुन सेवाग्राहीको कुन तार हो भन्ने छुट्याउन मुस्किल हुने गरेको छ । टेलिफोनमा समस्या आउँदा पनि प्राविधिकलाई काम गर्न समस्या हुने गरेको उनले बताए ।
साधुरिएको बजार क्षेत्रका सडकमा टागिएको होचा तारहरू ठुला मालबाहक सवारीसाधनले चुडाउने, विगार्ने हुँदा लाइन सटको जोखिम उतिकै बढेको बताइन्छ । ‘सवारीसाधन कुदाउँदा धेरै तारहरू चुडिने गरेको छ । बिजुली अफिसले हेर्छ, नत टेलिकमले, इन्टरनेटको कम्पनीले, कतिबेला कस्को धनजनको क्षति हुने हो । टुङ्गो छैन’











