काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको नयाँ भवनमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले सो भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौं तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्षलगायतका संरचनाको निरीक्षण तथा अवलोकन गरेका हुन्।

प्रधानमन्त्री प्रचण्डले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरूको समेत अवलोकन गरेका थिए। मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा जानकारी गराएका थिए।