दिपक घिमिरे

पछिल्लो समय नेपाली सांगितिक क्षेत्र र यसैमा आधारित अभिनय क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल एक युबाको नाम हो सन्दिप न्यौपाने ।
दाङको लमहिका स्थायी बासिन्दा सन्दिप मोफसलमा बसेर पनि केन्द्रमा पकड जमाउन सफल कलाकारको रुपमा चर्चित हुँदै आएका छन । लोक दोहरीको क्षेत्रमा अग्रस्थानमा पर्दै आएका सन्दिप यो बर्षको तिजमा आफुलाई अग्रस्थानमा कायमै राख्ने आशा बताउछन ।

पुलिस वाला र फेसबुक खोले मैले जस्ता दर्जनौ लोकदोहरी गित बाट देश(बिदेशमा आफुलाई चिनाउन सफल गायक तथा मोडल सन्दिप यो बर्ष धेरै तिज गितमा स्वर तथा करिब करिब आधा दर्जन गितमा अभिनय मार्फत सांगितिक दुनियामा देखा पर्दैछन ।

13833435_916353675141566_937456615_oकरिब पन्द्र बर्ष पहिले देखि सांगितिक क्षेत्रमा प्रबेश गरेका सन्दिपले यो बर्षको तिज सन्दिपमय बनाउने अठोट लिएको बताए । हरेक बर्षको तिजलाई लक्षित गरेर गित गाउने तथा अभिनय गर्ने गरेता पनि यो बर्षको तिजमा आफू निक्कै आशाबादी रहेको उनि बताउछन । “ तिज गित गाउन र तिजकै गितमा अभिनय गर्न थालेको बार बर्ष भन्दा धेरै भयो ! यो बिचमा धेरै सिकियो र स्तरियतामा पनि ध्यान दिइयो । यो बर्षको तिज लाई लक्षित गरेर बजारमा आयका गितहरु बाट मलाई अझै दर्शक र स्रोताहरु ले रुचाईदिनुहुनेछ भन्ने आशा लिएको छु “ गायक तथा मोडल सन्दिप बताउछन ।

उसो त तिज गितमा चर्चा बटुल्ने आशा यो बर्ष मात्र होईन । अघिल्लो बर्ष चर्चित गायिका साहिमा श्रेष्ठ सङ्ग गायको पाउजुको छमछम भन्ने गितले उनलाई सांगितिक क्षेत्रमा निक्कै माथी उठाएको थियो । तिज गितहरुको स्थानमा बेग्लै पहिचान बनायको त्यस गितको भिडियोको पनि व्यापक चर्चा भएको थियो त्यस समय । त्यसै गितले गर्दा सन्दिप लगायतको टिम बिदेशमा सांगितिक प्रस्तुती दिन महिनौ बसेको पनि थियो ।

13820691_916881431755457_1339309412_nहाल बजारमा आयका आफ्ना तिज गित मध्य चर्चित गायिका देबिका केसी र सन्दिप न्यौपाने को आफ्नै स्वर अनि टुरिष्टजंग बिक को शब्द संकलन र तिलक वलिको लयमा बजारमा आयको मुटुमा केन्द्र बिन्दु पारी बोलको तिजगित ले राम्रै सङ्ग बजार तताउने उनको बुझाई छ । “ भुकम्पको पीडा अनि त्यसपछिको नेपाल र हाम्रो गाउँ समाजलाई चित्रीत गर्ने शब्द र त्यस्तै किसिमक लयमा देबिका दिदी सङ्ग गायको यो गितमा म निक्कै आशाबादी छु । तिज तताउने छ भन्ने आशा हाम्रो टिमले लिएको छ । “ सन्दिपले बताए  ।

13833166_916881325088801_907514070_oयो बर्ष मात्र चार वटा तिजका भाकामा आफ्नो स्वर दियका सन्दिप चर्चित दङाली गायिका रिता केसी सङ्गको आफ्नो गित बम बम भोले बाट पनि निक्कै आशाबादी भएको बताउछन । दङाली भाका र उठेरै नाचु लाग्ने लय ले गर्दा यो गितले यो बर्षको तिजलाई उल्लासमय तरिकाको बनाईदिने उनको आशा छ । “ तिजमा ठाउँ अनुसारको भाका र शब्द चाहिन्छ । पुर्बमा पस्चिमेली भाका चल्दैन र पश्चिममा पुर्बेली भाका । रिता जि सङ्ग गायको बम बम भोले बोलको गितले पश्चिम नेपाल हल्लाउने आशा लिएको छु । “ सन्दिपले बताए  ।

स्वरमा मात्र होइन , अभिनयमा पनि यो बर्षको तिज भ्याई नभ्याई छ उनलाई । आफ्नै गितमा समय दिन नसकिरहेको बेला चारै तिर बाट अभिनयको लागि अफर आउदा कति लाई नचाहेर पनि नाई भन्नू परेको पीडा सुनाउछन सन्दिप । “ आफ्नै कार्यब्यस्तताले समय दिन पाउदैन तर अभिनयका लागि अफर आउँछ ।मन हुन्छ तर नाई भन्नू पर्छ । “ सन्दिपले बताए  ।

गत बर्षको चर्चित गित हङ्गकङ्गको सारी ले भाका का गायक तिलक वलि र सरिता रावतको यो बर्षको तिज गित चिलचिले पसिना मा अभिनय गरेका सन्दिप यो गित बाट अभिनयको क्षेत्रम पनि पकड बनाईरहन सक्ने आशा रहेको बताउछन । यो बर्षको तिज गितमा मात्र पनि करिब आधा दर्जन भन्दा बढीमा अभिनय गरेका सन्दिप यो गित बाट आफू धेरै आशाबादी रहेको बताय । “ अभिनयमा रुचि भयपनी कार्यब्यस्तताले समय दिन सक्दिन तर तिलक भाईको कुरा नाई भन्न सकिन , आफ्नो काम लाई थाती राखेर भएपनी तिलक भाईको गितमा अभिनय गरेको छु । आशा छ पक्कै पनि यो गितले मेरो अभिनयको यात्रालाई थप उचाईमा पुर्‍याउने छ । “ सन्दिपले बताए  ।