काठमाडौं : सुरुदेखि विवादमा परेको नेपाल टीट्वेन्टी लिग जटिल मोडमा आइपुगेको छ। घरेलु क्रिकेटकै सबैभन्दा ठूलो दाबी गरिएको प्रतियोगिता फेरि अन्योलमा परेको हो। बुधबारदेखिका खेल हुन्छन् कि हुँदैनन् भन्ने अन्योलसँगै यो लिग खेल मिलेमतो (म्याच फिक्सिङ) विवादमा जगडिएको छ।
खेलाडी, निर्णायक र अफिसियलले पूर्वप्रतिबद्धताबमोजिम पारिश्रमिक नपाएको चर्चासँगै मंगलबारदेखि म्याच फिक्सिङको विषय उठेको हो। म्याच तथा स्पट फिक्सिङ विकराल समस्या बनेको सरोकारवाला बताउँछन्। यो विषयमा अख्तियार र प्रहरीले अनुसन्धान थालेका छन्।











