काठमाडौं, ११ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को शपथसँगै सानो आकारको मन्त्रीमण्डल गठन भएको छ ।
जसमा एमाले उपाध्यक्ष विष्णु पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्री पाएका छन् भने माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेका छन् । ज्वाला कुमारी साह, दामोदर भण्डारी, राजेन्द्र कुमार राई र अब्दुल खान पनि मन्त्री बनेका छन् । उनीहरुको कार्यभार पछि तोकिने भएको छ । सबै मन्त्रीहरुले आजै पद तथा गोपनियताको शपथ दिएका छन् ।











