प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिँदै छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति निवास शितल निवासमा शपथ लिँदैछन्।