काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धन सरकारमा तीन उपप्रधानमन्त्री हुने भएका छन्।

संसद भवन नयाँ बानेश्वरमा भएको सात दलीय सत्ता गठबन्धनको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री हुने पक्का भएको छ ।

पौडेल अर्थमन्त्री हुने र लामिछानेले भने गृहमन्त्रालय लिने बताएका छन् । श्रेष्ठको मन्त्रालयबारे गठबन्धनले निर्णय गरिसकेको छैन।