काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका छन् । सरकार गठनका लागि राष्ट्रपतिले दिएको ७ दिनको समय सकिने दिन आज उनले प्रधानमन्त्रीमा आफ्नो दाबी प्रस्तुत गरेका हुन् ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा भएको सहमति अनुसार एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, जसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका १६६ र ३ स्वतन्त्र सांसदसहित १६९ सांसदको बहुमत र समर्थन पाएपछि प्रधानमन्त्रीमा उनले दाबी प्रस्तुत गरेका हुन् ।

प्रचण्डलाई स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंह र किरण शाहले समर्थन गरेका छन् ।