sf7df8f}F, & k';M /f;;;Fu s'/f ug'{x'Fb} cWoIf lnªb]g /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G›k|;fb lnªb]g /fli6«o ;dfrf/ ;ldlt -/f;;_;Fu ;d;fdlos ljifodf s'/fsfgL ug{'x'Fb} . tl:a/M /Tg >]i7÷/f;;

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नयाँ सरकार निर्माण प्रक्रियामा सहयोग गर्ने निर्णय गरेपनि सरकारमा सहभागिताकै विषयमा भने अझै अनिर्णीत रहेको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सरकारमा सहभागी हुने वा नहुने भन्नेबारे अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको जानकारी दिए ।

‘राप्रपाले राजनीतिक स्थिरताका लागि नयाँ सरकार गठन निर्माणमा सहयोग गर्ने, साथै सरकारमा सहभागी हुने वा नहुने भन्ने अर्को बैठकमा छलफल गर्ने निर्णय गरेको छ’, उनले भने । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले नयाँ सरकार निर्माणका लागि अनिर्णयको बन्दी नबन्ने निर्णय गरेको महामन्त्री भुवन पाठकको भनाइ छ ।

एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा नयाँ सरकार गठनबारे छलफलपछि राप्रपाले पदाधिकारी बैठक डाकेको थियो । सो बैठकले नयाँ सरकार बनाउन अनिर्णयको बन्दी नबन्ने निर्णय गरेको उनको भनाइ छ ।