काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले हतारमा निर्णय नगर्न नेताहरूलाई आग्रह गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन टुटेको घोषणा गरेपछि महामन्त्री शर्माले आलोचना बीच गठबन्धन गर्ने तर अपेक्षाको बिचमा जोगाउन नसक्ने अवस्था आउन दिन नहुने बताएका हुन्। उनले विकल्पहरूको विकल्पमा जुट्नुको विकल्प नभएको बताएका छन्।
àहठ, हतारो र आवेगमा कुनै निर्णय नगरौं। आलोचना बीच गठबन्धन गर्ने, तर अपेक्षाको बिचमा जोगाउन नसक्ने अवस्था आउन दिनुहुन्न। समयले अभिभावकत्व खोजेको छ। यो पनि र त्यो पनि भनिरहँदा, न यो न त्यो हुने अवस्थामा पुग्नु हुन्न। विकल्पहरूको विकल्पमा जुट्नुको विकल्प छैन,’ महामन्त्री शर्माले भनेका छन्।











