k|wfgdGqL z]/axfb'/ b]pjf d+unaf/ sf7df8f}Fdf u}/cfj;Lo g]kfnL ;+3 :yfkgf lbj;df cfof]lht sfo{qmdnfO{ ;Daf]wg ub}{ . tl:a/ M /f]zg ;fksf]6f,/f;;

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले स्थानीय तहलाई क्रमश आत्मनिर्भर संस्थाको रुपमा विकास गर्दै लैजानुपर्नेमा जोड दिएका छन् ।

सोमबार काठमाडौंमा नेपाल नगरपालीका संघको ८ औं राष्ट्रिय अधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको स्रोत र साधनको पहिचानका साथ उचित उपयोग गर्दै क्रमश आत्म निर्भर संस्थाको रुपमा बिकास गर्दै लैजानुपर्नेमा जोड दिएका हुन् ।

जनताको अपेक्षा र आवश्यकताको उचित सम्बोधन हुने गरि स्रोत र साधनको उचित परिचालन गर्दै जनप्रतिनिधिको जनताप्रतिको दायित्व र जवाफदेहितालाई प्रभावकारी रुपमा पुरा गर्नुपर्ने उनले बताए । त्यस्तै प्रधानमन्त्री देउवाले स्थानीय तहलाई चूस्त पारदर्शी र प्रविधिमैत्री बनाउदै जनतालाई सहज रुपमा कार्यसम्पादन गर्नुपर्ने धारणा राखे । उनले स्थानीय तहबाट हुने कामको मूल्याङ्कनका आधारमा जनताले सरकारलाई हेर्ने दृष्टिकोण तय हुने भएकाले जनताको सेवामा प्रतिवद्ध हुनुपर्ने बताए ।

उनले मुलुकको बिकासका लागि आवश्यक पूर्वाधार निर्माणका लागि पनि स्थानीय तह गम्भीर हुनुपर्ने जिकिर गरे ।