इन्द्रेणी संवाददाता
दाङ, १ पुस । नेपाल पत्रकार महासंघ दाङशाखाको ३० औं स्थापना दिवसको अवसरमा आज रक्तदान सम्पन्न भएको छ । स्थापना दिवसको पहिलो दिन एक दर्जन पत्रकारहरुले रक्तदान गरेका हुन् ।

महासंघले पुस १ गतेदेखि ४ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी ३० औं स्थापना दिवस मनाउदैछ । स्थापना दिवसको दोस्रो दिन शनिवार महिला पत्रकारहरुका लागि मैत्रीपूर्ण फुटसलको आयोजना गरेको छ ।