बनेपा : काभ्रेको बेथानचोकस्थित चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ। उनीहरूको सनाखत नभएको प्रहरीले जनाएको छ
जिल्ला प्रहरी प्रमुख एसपी चक्रराज जोशीका अनुसार बा३ख ४३८५ नम्बरको बस दुर्घटना भएको हो। उनका अनुसार बनेपा नगरपालिका वडा-११ सल्लेबाट बेथानचोक-५ चल्टीमा ब्रतबन्धमा पुगेर फर्केको बस दुर्घटनामा परेको हो।
प्रहरी प्रमुख जोशीले १३ जनाको घटनास्थलमा र ४ जनाको अस्पतालमा मृत्यु भएको जानकारी दिए। घाइतेहरूको उपचार धुलिखेल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ।











