दाङ :  दाङमा प्रहरी हिरासतमा रहेका श्रीमानलाई भेट्न गएकी श्रीमती लागु औषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उप-महानगरपालिका १५ कि २६ वर्षकी शान्ती खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङको हिरासत कक्षमा लागु औषध मुद्दा चली थुनामा रहेको २२ वर्षका अशोक खड्कालाई भेट्न आएकी शान्तिलाई ५ पुरिया (ब्राउन सुगर) प्लास्टिक हटाई तौल गर्दा १२० मिलिग्राम सहित फेला पारी नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता एवम् डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।
उनलाई पनि लागुऔषधसम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

उनका अनुसार शान्तिले श्रीमानलाई फलफुल केरा दिन भनि ल्याएको र त्यो चेक गर्ने क्रममा त्यसमा लुकाएर राखेको अवैध लागु औषध फेला परेको हो । केही दिन पहिले अशोक लागु औषधसहित पक्राउ परेका थिए